बम पड्किँदा ३१ को मृत्यु

SHARE:

पेशावार । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तरकारी राखेको कार्टुनमा लुकाइएको बम विस्फोटन हुँदा शुक्रबार कम्तीमा ३१ जनाको मृत्यु भएको छ । मानिसको अत्यधिक भिडभाड भएका बेला भएको घटनामा परी अरु ५० भन्दा बढी घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

हरेक शुक्रबार साप्ताहिक बजार लाग्ने ठाउँ कलायामा तरकारीसँगै बेरेर राखिएको बम विस्फोटन भएको प्रत्यक्षदर्शीहरूले जनाएका छन् । घटना भएको क्षेत्रमा सिया मुसलमान समुदायको बढी प्रभाव रहेको स्थानीय वरिष्ठ प्रहरी खालिद इक्वालले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई बताए ।

अर्का एक जना वरिष्ठ अधिकारी अमिन उल्लाहले कम्तीमा ३१ जनाको मृत्यु भएको र ती मध्ये २२ जना सिया मुसलमान समुदायका भएको जानकारी दिए । घटनामा घाइते भएका ५० जना मध्ये १७ जनाको अवस्था गम्भीर रहेको पनि अधिकारीहरूले बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!