लन्डन । ग्रेटर रसमोर नेप्लीज कम्युनिटी (जीआरएनसी) यूकेका उपाध्यक्ष तथा सामाजिक व्यक्तित्व उत्तरबहादुर गुरुङ तथा धर्मपत्नी बत्तिमाया गुरुङले कास्की जिल्ला मादी गाउँपालिका वडा न.३ देउराली टोलमा रहेको देउराली लम्तरी मन्दिर निर्माणका लागि आर्थिक सहयोग गरेका छन् ।
मादी-१० भाचोक घर भई पोखरा १३ बीपीमार्ग बस्ने, हाल बेलायत अल्डरसट निवासी तमु धीं यूके ह्याम्पसायर तथा नादा समा यूकेका पूर्वअध्यक्षसमेत रहेका उत्तरबहादुर गुरुङ परिवारबाट बीस हजार पाँच सय आसी सहयोग भएको हो ।
सहयोगका लागि देउराली लम्तरी मन्दिर निर्माण समितिले धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण परिवारलाई लम्तरी माताले सधैं रक्षा गरुन् भन्ने कामना गरेको छ । उत्तरबहादुर यस पटक अल्डरसटस्थित वेलिङटन वार्डमा काउन्सिलर उम्मेदवार पनि छन् ।
यसअघि मादी ३ घर भई हाल बेलायत यूकेलाई आफ्नो कर्म थलो बनाउने सम्पूर्ण यूके निवासी याङ्जाकोट परिवारको तर्फबाट पचास हजार, कास्की जिल्ला मादी ३ पोखरी घर भई पोखरा-१२ हस्पिटल चोक बस्ने हाल यूके निवासी याङ्जाकोट परिवार यूकेका अध्यक्ष वर्तमान गुरुङ र श्रीमती सूर्यकुमारी गुरुङको स-परिवारबाट बिस हजार सहयोग गरिएको थियो ।






