वेलेस्ली एकीकृत सामुदायिक बगैंचामा श्रमदानका लागि संयोजक डा. गुरुङको आग्रह [भिडियोसहित]

SHARE:

लन्डन । ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी)का उपाध्यक्ष तथा वेलेस्ली एकीकृत सामुदायिक बगैंचाका संयोजक डा. विशाल गुरुङले श्रमदानका लागि अपिल गरेका छन् ।

बगैंचामा डेकिंग निर्माण कार्य अघि बढेकोले २१ मार्च र २२ मार्चमा श्रमदान गर्न इच्छुकहरुलाई सहभागी हुन डा. गुरुङले शुक्रबार भिडियो सन्देशमार्फत अनुरोध गरेका हुन् । डेकिंग निर्माण गर्नका लागि सामानहरू शुक्रबार नै आइसकेको बताए ।

श्रमदानको समय बिहान १० देखि २ बजेसम्म तोकिएको छ ।

यो सामुदायिक बगैँचाको लागि ग्रेन्जर टिमले जीआरएनसीलाई पाँच वर्षका लागि जग्गा लिजमा दिएको हो । यो समयावधि थप्दै दीर्घकालीन बनाउने योजना छ । कोभिड महामारी र अन्य प्रशासनिक प्रक्रियाका कारण जग्गा प्राप्तिमा केही ढिलाइ भए पनि ११ जुलाई, शुक्रबार बगैँचाको चाबी लिएको उपाध्यक्ष डा. गुरुङले बताए । सामुदायिक बगैँचामा लसुन, अदुवा, धनियाँ, खुर्सानी, सागसब्जीलगायत तरकारी उत्पादन गरिनेछ । यहाँ श्रम गर्ने स्वयंसेवकहरूले उत्पादनको केही हिस्सा लैजान सक्ने र बाँकी ग्राबहबमार्फत आवश्यक व्यक्तिहरूमा वितरण गरिने योजना रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!