एउटै मञ्चमा नेपाली नयाँ वर्ष मनाउन बेलायतका व्यवसायीहरुलाई जीआरएनसीको निमन्त्रणा

SHARE:

लन्डन । ग्रेटर रश्मुर नेपाली कम्युनिटी (जीआरएनसी)ले एउटै मञ्चमा नेपाली नयाँ वर्ष मनाउन बेलायतका व्यवसायीहरुलाई निमन्त्रणा दिएको छ ।

नेपाली नयाँ वर्ष २०८३ नजिकिँदै गर्दा जीआरएनसीका टोलीले शुक्रबार अल्डरसटका नेपाली व्यवसायीहरुकहाँ पुगेर निमन्त्रणा, आर्थिक सहयोगको आग्रह गरेको हो । टोली चाइना ओरिन्टल सुपरमार्केट, न्यू टेलर्स, आशीर ज्वलरी, नमुना युनिसेक्स हेयर एन्ड ब्युटी सलोन,डुंगा, भेरो कफी, बेन्जन रेस्टुरेन्ट एन्ड बार, सुम्निमा ज्वेलरी एन्ड कलेक्सन, ह्याम्पसायर एकाउन्टस्, ईबीबी रेस्टुरेन्टलगायतमा पुगेको थियो ।

टोलीमा कार्यक्रम कोअर्डिनेटर तथा उपाध्यक्ष उत्तरबहादुर गुरुङ, बिजनेस कोअर्डिनेटर दिलरास गुरुङ, उपाध्यक्ष जीत मेन्याङ्बो, सदस्य मिना गुरुङलगायत सहभागी थिए ।

जीआरएनसीले आगामी १२ अप्रिल २०२६ आइतबार अल्डरसटस्थित एम्पायर हलमा नेपाली नयाँ वर्ष मनाउँदै छ।

जीआरएनसीले यस पटक स्थानीय मौलिक कला–संस्कृतिको प्रवर्द्धन गर्न तथा स्थानीय व्यापारीहरूलाई एउटै मञ्चमा ल्याई नयाँ वर्ष मनाउने अभियान सुरु गरेको छ।

यस अभियानमा जीआरएनसीका कल्चर कोअर्डिनेटर दिनेश गुरुङ, एथेन्टिक कल्चर कोअर्डिनेटर वीर बलाल, ईभेेन्ट कोअर्डिनेटर तथा उपाध्यक्ष उत्तरबहादुर गुरुङ, उपाध्यक्ष जीत मेन्याङ्ब, सदस्य मिना गुरूङ र बिजनेस कोअर्डिनेटर दिलरास गुरुङ सक्रिय रूपमा लागिरहेका छन् ।

यस अभियानलाई सफल बनाउन सम्पूर्ण जीआरएनसी टिम, ट्रस्टी, सल्लाहकार तथा सदस्यहरूले समुदायका लागि साथ र सहयोग गरिदिन अध्यक्ष माबोले अनुरोधगरेकी छन् ।

संस्थाले सन् २००३ देखि नै ख्यातिप्राप्त कलाकारका साथ नयाँ वर्ष मनाउने परम्परा सुरु गरेको थियो । अहिले पनि नेपालका चर्चित कलाकारसँगै स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ । यसका साथै स्थानीय समाजसेवी, युवा उद्यमी व्यवसायी, राजनीतिज्ञसहित सबै क्षेत्रका व्यक्तित्वको उपस्थिति रहने जीआरएनसीले जनाएको छ ।

कार्यक्रमबाट बचेको रकम सामाजिक कार्यमा खर्च गर्ने योजना रहेको अध्यक्ष माबोले बताइन् । कार्यक्रममा उपस्थित भएर मनोरञ्जन लिन र हौसला बढाइदिन पनि जीआरएनसीले अनुरोध गरेको छ ।

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!