लन्डन । पर्वत समाज यूकेले तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङलाई सम्मान गरेको छ ।
पर्वतका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको सहयोगार्थ बेलायतको अल्डरसटस्थित एम्पायर हलमा शनिबार आयोजित च्यारिटी डिनरका अवसरमा अध्यक्ष गुरुङलाई सम्मान गरिएको हो । उनलाई बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडी, समाजका अध्यक्ष सुरज पौडेल, श्रीमती एलिसा सुवेदी लगायतले सम्मान प्रदान गरे ।
यस्तै सोही अवसरमा ग्लोबल पर्वत समाजका नवनियुक्त अध्यक्ष दधी आचार्य र उपाध्यक्ष ढाका भट्टराई, युरोप संयोजक अप्सरा लामिछाने गुरुङ, पर्वतेली सफल व्यवसायी पुरन गिरी, हित काजी गुरुङ, सल्लाहकारहरु क्या. रि. लालबहादुर गुरुङ, मेजर रि. कृष्ण गुरुङ, नेत्र आले, ज्ञाम गुरुङ, ले.रि. कुसाङ गुरुङ एवं डा. विशाल गुरुङ सम्मानित भएका थिए ।






