लन्डन । बर्न्टओक नेपाली समाजले नयाँ वर्ष वि सं २०८३ को अवसरमा एक रमाइलो कार्यक्रम आयोजना गरेको छ ।
बर्न्टओकस्थित साझा घरमा शनिबार बेलुका रमाइलो कार्यक्रम आयोजना गरिएको हो । संगीत निर्देशक केयरजंग गुरुङको संयोजनमा गाउँलेहरु ब्यान्ड, अनमोल र आध्या (युगल प्रस्तुति), आवर (पियानोमा), क्याथी र काव्या, ओजल, शेष, प्रसन्न, मोनी, रूपक लगायतका कलाकारले आकर्षक सांगीतिक प्रस्तुति दिएका थिए ।
त्यस्तै, मोनी र तपस्या, परमिता तथा आध्या, नाओमी र आयेशा सहितको समूहले नृत्य प्रस्तुत गरेका थिए। समाजका अध्यक्ष खमिरजंग गुरुङले स्वागत तथा अन्य गीतहरु सुनाएका थिए ।
समाजका उपाध्यक्ष मुरारी थापाले कार्यक्रम सफल पार्न खट्ने समाजका पदाधिकारीहरु, स्वयम्सेवी, कलाकार तथा सबै सहभागीहरुलाई धन्यवाद दिए।
कार्यक्रम सञ्चालन सुधीर गौतमले गरेका थिए भने रुपक पन्तले लोकप्रिय गीतहरु गाउँदै सहभागीहरुलाई नचाएका थिए । सांस्कृतिक कार्यक्रमपछि रात्रि भोजका साथै राफल ड्र गरिएको थियो।






