पूर्वमिस युके नेपाल गुरुङ नेपाल प्रस्थान

SHARE:

एटा संवाददाता
लन्डन । मिस युके नेपाल–२०११ गौमाया गुरुङ आँखा शिविरका लागि नेपाल गएकी छन् । उनी गत शुक्रबार नेपाल प्रस्थान गरेकी हुन् ।

उनको नेतृत्वमा गएको टोलीले आउने डिसेम्बर १७ देखी १९ सम्म जनज्योती उच्च माध्यामिक विद्यालय, चिप्लेटी गोरखामा आँखा शिविर सञ्चालन गर्न लागेको हो । उनीसँगै आँखा विशेषज्ञ भावना लिम्बु र सेन गुरूङ बेलायतबाट गएका छन् । नेपाल जानुअघि उनले ‘हाम्रो यो पहिलो प्रयास हो र आउने दिनहरुमा नेपालको अन्य जिल्लाहरूमा पनि यो सेवा पुर्‍याउने योजना छ’ भनिन् ।

आस्ट्रन विश्वविद्यालयमा आँखा सम्बन्धी, मास्टर अफ अप्टोमेट्री गरेकी गुरुङ आँखा विशेषज्ञको रुपमा कार्यरत छिन् । सन् २०१६ सालदेखि अफ्रिकाका घाना, जाम्बिया, इथोपियामा बेलायतको भिजन एड ओभरसिज नामक च्यारिटी संस्थामा स्वयम्सेवक र टिम लिडरको रूपमा सेवा गर्दै आइरहेकी छन् । सोही अनुभवले उनलाई गाउँठाउँमा पनि आँखा शिविर गर्न सकिन्छ भन्ने इच्छाशक्ति र मनोबल मिलेको बताएकी छन् ।

आँखा विशेषज्ञ गुरुङले ‘मुख्य उद्देश्य भनेको बेलायतमा हासिल गरेको सीप र शिक्षा उपयोग गरेर नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निःशुल्क रुपमा आँखा जाँच गराउनु हो । आर्थिक अवस्था कमजोर भएका, १८ बर्ष मुनिका र ६० बर्ष माथि उमेरका ज्येष्ठ नागरिकहरूलाई चश्मा निःशुल्क प्रदान गरिने’ समेत बताइन् ।

तीन दिने आँखा शिविरपश्चात आवश्यक चश्माहरु काठमाडौमा बनाएर २४ डिसेम्बरमा वितरण गरिने उनले जनाइन । उनले ‘चश्मा बनाउने र गाउँमा पुर्‍याउने खर्चलाई मध्यनजर गर्दै आर्थिक सहयोगको अपेक्षा गरेकी छन् । उनले ‘हजुरहरूको आर्थिक सहयोगले प्रतिव्यक्तिलाई आँखा जाँच गरि चश्मा उपहार दिन सकिने’ बताएकी छन् ।

उनको सो परियोजनालाई चिप्लेटी समाज युके, थालाजुङ्ग सामुदायिक विकास केन्द्र, गोर्खाली समाज युके, अन्तर्राष्ट्रिय नेपाली समाज युके, गोर्खा जिल्ला गुरुङ समाज युके, देउराली ट्राभल्स, मर्जिङ्ग नेप सक्स, जीमिनलगायत विभिन्न संघसंस्थाले सहयोग गरेको छ । साथै, उनीहरुको परियोजनालाई नेपालस्थित सुकु गुरुङले बिशेष भूमिका खेलेको छ । त्यस्तै, सिता गुरुङ र विन्जरमा बस्ने गोर्खालीहरुले पढ्न सक्ने चश्मा सहयोग गरेका छन् ।

एनआरएनए युकेको वर्तमान कार्यसमितिको सदस्य तथा च्यारिटी विभागका सचिव समेत रहेकी गुरुङले सो शुभ कार्यका लागि सबैको सहयोग, हौसला र साथ मिल्ने आशा र विश्वास व्यक्त गरेको गोर्खा जिल्ला गुरुङ समाज युकेका महासचिव मान गुरुङले जनाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!