तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या. डेम बहादुरको नेतृत्वको टोली क्होला भ्रमणमा

SHARE:

पोखरा । तमु प्ये ल्हु संघ प्रवास शाखा यूकेद्वारा तमु समुदायको आदिम (पैतृक) थलो क्होला सोंप्रे ट्हों अर्थात् क्होलासोंथर अध्ययन अवलोकन भ्रमणमा निस्कँदै छ ।

२०८३ बैशाख ४ गते शुक्रबार तमु प्ये प्ये ल्हु संघ केन्द्रीय खेगी भवनको सभाहल, पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिइएको हो । तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या. डेमबहादुर योज तमुको नेतृत्वमा यही वैशाख ६-११ गतेसम्म क्होला सोंप्र्हे ट्होंको अध्ययन अवलोकन भ्रमणमा जाने जानकारी शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिइएको हो ।

गत २०८२ चैत २५-३० गतेसम्म तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष मन बहादुर क्रोम्छें तमुको नेतृत्वमा क्होलासोंथरको अध्ययन अवलोकन भ्रमण सकाएर पोखरा फर्केलगत्तै २०८३ बैशाख २ गते पत्रकार सम्मेलनको आयोजना गरी भ्रमणको उद्देश्य र महत्वबारे जानकारी गराएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!