चीन–अमेरिकाबीच भएका सहमति कार्यान्वयन गर्न चीन तयार छ – बाणिज्य मन्त्रालय

SHARE:

बेइजिङ । चीनले करवृद्धिका योजनाहरु तत्काल स्थगन गर्नेगरी संयुक्त राज्य अमेरिकासँग भएको व्यापार प्रतिबद्धतालाई पूरा गर्ने जनाएको छ । अर्जेन्टिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी जिनपिङबीच भएको सहमतिका बारेमा भने विस्तृत विवरण दिन चीनले अस्वीकार गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी कारमा लाग्दै आएको कर घटाउने र तत्कालै अमेरिकी कृषिजन्य वस्तुको खरिद गर्ने चीनले प्रतिबद्धता व्यक्त गरेको धारणा सार्वजनिक गरेपनि त्यसका बारेमा चीनले आधिकारिक धारणा सार्वजनिक गरेको छैन । चीनको मौनताले गत सप्ताहान्तमा भएको सहमतिमा आशंका उत्पन्न गराएको छ ।

बुधबार चीनको बाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सहमति भएका विषयलाई चीनले तत्काल कार्यान्वयन गर्नेछ, र यो कार्य जति छिटो भयो त्यति राम्रो हुनेछ ।” तथापी मन्त्रालयको विज्ञप्तिमा सहमति भएका विषयहरु खुलाइएको छैन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!