विश्व शान्ति यज्ञमा एनआरएनए यूकेलगायतको सहभागिता
लन्डन । लन्डनमा विश्व शान्ति महायज्ञ सम्पन्न भएको छ ।
विश्व हिन्दु महासंघ लन्डन शाखाको आयोजनामा २०८३ बैशाख ६ (१९ अप्रिल २०२६) मा अल्डरसट एक दिने विश्व शान्ति महायज्ञ सम्पन्न भएको हो । नेपाली राजदूतावास लन्डनका कार्यवाहक राजदूत बिपिन दुवाडीको प्रमुख आतिथ्यतामा सम्पन भएको कार्यक्रममा बेलायतस्थित नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको जानकारी विश्व हिन्दु महासंघ बेलायतका कोषाध्यक्ष चार्टर्ड एकाउनटेन्ट कृष्णप्रसाद खतिवडाले दिए ।
विश्व हिन्दु महासंघ बेलायत शाखाका अध्यक्ष राजु मल्ल, समाजसेवी महन्त श्रेष्ठ र अन्य पदाधिकारीहरु सहभागी यज्ञको संचालन पण्डित गुरु दुर्गाप्रसाद पोखरेल र अन्य गुरुहरुबाट भएको थियो ।
यज्ञ सुरु हुनुभन्दा अघि सबै पाहुना र अतिथिहरुलाई विश्व हिन्दु महासंघमा अन्तर्राष्ट्रिय उपाध्क्ष्य खगेन्द्र पाठकले स्वागत मन्तव्यले स्वागत गरेका थिए ।
महायज्ञमा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगर,प्रमुख संरक्षक डेविड गुरुङ, उपाध्यक्ष अनिल मल्ल, तमु धीं यूकेका पूर्वअध्यक्ष नन्दजंग गुरुङ, ज्ञाम गुरुङ, सहारा यूकेका अध्यक्ष शारदा गुरुङलगायत बेलायतस्थित विभिन्न संघसंस्थाको अध्यक्ष तथा प्रतिनिधिहरुको सहयोग र सहभागिता थियो ।



तस्बिर : शिव भण्डारी र डेविड गुरुङ






