बेलायतमा तमु धीं २४ औं गोर्खा कपको धमाधम तयारीमा, १७ मेमा पत्रकार सम्मेलनबाट विस्तृत जानकारी गराइने

SHARE:

लन्डन । २४ औं गोर्खा कपको तयारी धमाधम भइरहेको तमु धीं यूकेले जनाएको छ ।

आगामी मे २४ तारिखमा अल्डरसटस्थित क्वीन्स एभिन्यूमा संचालन हुने प्रतियोगिताको टिम दर्ता, स्टल बुकिङलगायत कार्य सकिएको छ । तमु धीं यूके मिडिया सेक्रेटरी एसके गुरुङका अनुसार यस वर्ष मुख्य विधामा ३२ र भेटेरान विधामा १६ टिमबीच प्रतिस्पर्धा हुने छ । महिला विधामा भने ४ टीम खेलाइने छ ।

यसपटक गोर्खाकपमा खाना (रेष्टुरेन्ट), व्यापारिक तथा सामुदायिक गरी १ सय १० हाराहारीमा स्टलहरू रहनेछन् । यस वर्षको गोर्खा कपलाई अघिल्ला संस्करणभन्दा पनि अझ भव्य र उत्कृष्ट बनाउने योजनाअनुसार तयारी अगाडि बढाइएको गोर्खा कप संयोजक तथा तमु धीं यूके स्पोर्ट्स सेक्रेटरी क्या. दीपक घलेले जानकारी गराएका छन् ।

संस्थाका अध्यक्ष जुमकाजी गुरुङले पनि विगतमा प्राप्त सबै प्रतिक्रिया तथा सल्लाह, सुझावलाई ध्यानमा राख्दै व्यवस्थापन थप चुस्त पारिने बताएका छन् । बेलायतको सबैभन्दा ठूलो नेपाली इभेन्ट ‘गोर्खाकप’ को गत वर्षको संस्करणमा त्यसबेलासम्मकै धेरै करिब १७ हजार दर्शकको उपस्थिति थियो । यसपटक उक्त संख्या झन् बढेर २० हजारभन्दा बढी पुग्ने अपेक्षा गरिएको छ ।

गोर्खाकपमा यसपटक सबै विधा तथा स्थानका लागि पुरस्कार राशी पनि बढाइएको छ। मुख्य विधाका विजेताको पुरस्कार राशी ३५ सय पाउण्ड पुर्‍याइएको छ । गोर्खा कपको विस्तृत जानकारी दिन तमु धीं यूकेले आगामी मे १७ मा पत्रकार सम्मेलनसमेत आयोजना गर्ने भएको छ । पत्रकार सम्मेलन मिचेटस्थित तमु धीं भवनमा हुने छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!