लन्डन । गोरखाली समाज यूकेमा टकमाया गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
तेस्रो कार्यकालसम्म लगातार उपाध्यक्ष पदमा रहेर काम गरेकी गुरुङ अल्डरसटस्थित सुसिमोटो रेष्टुरेन्टमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा चुनिएकी हुन् । उपाध्यक्ष हिमाला गुरुङ र राजेन्द्र गुरुङ, महासचिव धन दर्लामी मगर, सचिव मनबहादुर गुरुङ र कोषाध्यक्ष यशोदा ढकाल न्यौपाने चयन भएका छन् ।
सदस्यहरूमा इन्दिरा दर्लामी, गंगा राना, होमाया गुरुङ, शकुन्तला गुरुङ, देव गुरुङ, विकास गुरुङ, मणिराज गुरुङ, गौतम गुरुङ, काजी गुरुङ, देव राना र विकास विक चुनिएको निर्वाचन समितिले जनाएको छ ।
नवनिर्वाचित कार्यसमितिलाई प्रमुख निर्वाचन अधिकृत भरत रोकाले पद तथा गोपनीयताको शपथग्रहण गराए भने निर्वाचन अधिकृत विष्णु तामाङले निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र तथा खादा प्रदान गरी सम्मान गरे ।
अधिवेशनको पहिलो चरण तत्कालीन अध्यक्ष हेमकुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नवनिर्वाचित अध्यक्ष टकमाया गुरुङ






