एनआरएनए यूकेको जुम बैठक सम्पन्न, नागरिकता र ऐन संशोधनका विषयमा जोड

SHARE:

लण्डन २९ अप्रिल २०२६ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको जुम बैठक सम्पन्न भएको छ । संस्थाका अध्यक्ष प्रेम गाहामगरको आह्वानमा बुधबार आयोजित उक्त बैठकमा विभिन्न महत्वपूर्ण विषयहरूमा विस्तृत छलफल गरिएको महासचिव जुरेन्द्र खजुमले जानकारी दिएका छन् ।

बैठकमा विशेषगरी ‘गैरआवासीय नेपाली सम्बन्धी ऐन, २०८२’ को मस्यौदामा उल्लेख गरिएको प्रावधानप्रति असन्तुष्टि व्यक्त गरिएको थियो । विशेषतः एनआरएनहरूले नेपालमा आफ्नो अचल सम्पत्ति बिक्री गर्दा ५० प्रतिशत राजस्व बुझाउनुपर्ने व्यवस्थाप्रति सहभागीहरूले आपत्ति जनाएका छन् ।

त्यस्तै, एनआरएनए यूकेको भावी योजना, बेलायतस्थित नेपाली राजदूतावासले एनआरएनए आईसीसी र एनआरएनए यूकेलाई संयुक्त बैठकका लागि गरेको आह्वान तथा एनआरएनए यूके कप २०२६को तयारीका विषयमा पनि छलफल भएको थियो । एनआरएनए यूके कपसम्बन्धी थप तयारी आगामी बैठकमा गर्ने निर्णय गरिएको छ ।

बैठकले बेलायतस्थित सम्पूर्ण नेपाली संघ–संस्थाहरूलाई समेट्दै एकीकृत प्रस्ताव तयार गरी बंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न अभियान अघि बढाउने निर्णय गरेको छ । यसका लागि संघर्ष समितिमार्फत नेपाल सरकारसमक्ष दबाबमूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

सहभागीहरूले एनआरएनए र गोर्खा समुदायबीचको साझा पृष्ठभूमिलाई समेट्दै संयुक्त एजेण्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । यद्यपि केही वक्ताहरूले गोर्खा समुदायको अलग पहिचानलाई ध्यानमा राख्दै छुट्टै ‘गोर्खा ऐन’ आवश्यक पर्ने धारणा पनि राखेका छन् ।

यसैबीच, नागरिकतासम्बन्धी विषयमा थप पहल गर्न लण्डनस्थित नेपाली दूतावाससँग संयुक्त बैठक गर्ने निर्णय गरिएको छ । साथै, आगामी २६ मे २०२६ मा बेलायतको अल्डरसट एम्पायर सभा हलमा ३३६ भन्दा बढी संघ–संस्थाहरूको सहभागितामा एक निर्णायक सभा आयोजना गरिने जानकारी दिइएको छ।

अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा बसेको बैठक महासचिव जुरेन्द्र खजुमले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!