तेस्रो मोना युके गल्फ प्रतियोगिता सम्पन्न: राजेश पुन बने ‘भाले अफ द डे

SHARE:

लण्डन, ३ मे २०२६

मोना युकेको आयोजनामा हालै डाउनशायर गल्फ क्लब (Downshire Golf Club) मा तेस्रो मोना युके गल्फ प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको मोना युकेका वरिष्ठ उपाध्यक्ष लाल पुनले जानकारी दिएका छन ।

गल्फ खेल्नका लागि अत्यन्तै अनुकूल, शान्त र सुख्खा मौसमका बीच सम्पन्न उक्त कार्यक्रममा २० जना MONA गल्फर्सहरूको उत्साहजनक सहभागिता रहेको थियो।

बिहान ९:०० बजेबाट सुरु भएको कार्यक्रममा सहभागीहरूले ‘इंग्लिस ब्रेकफास्ट’ का साथै आपसी रमाइलो कुराकानीबाट दिनको सुरुवात गरेका थिए।

खेल सुरु हुनुअघि MONA का अध्यक्ष पदम गर्बुजाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम संयोजक पूर्ण गर्बुजाले प्रतियोगिताको नियम र प्रशासनिक जानकारीबारे प्रकाश पार्नुभएको थियो। सामूहिक तस्बिर खिचेपछि खेलाडीहरू मैदानमा उत्रिएका थिए।


प्रतियोगिताको नतिजा:

१८ होलको प्रतिस्पर्धात्मक खेलपछि विभिन्न विधाका विजेताहरू यसप्रकार रहेका छन्:

  • बेस्ट ग्रस (भाले अफ द डे): राजेश पुन (७७ अंक)

  • प्रथम रनर-अप (ग्रस): हिरा पुन (७८ अंक)

  • द्वितीय रनर-अप (ग्रस): पूर्ण गर्बुजा (८० अंक – काउन्ट ब्याकको आधारमा)

  • नेट विजेता: नील पुर्जा (-२)

  • प्रथम रनर-अप (नेट): चन्द्र पुन (लेभल)

  • द्वितीय रनर-अप (नेट): दुर्गा राम्जाली (+१)

  • लंगेस्ट ड्राइभ (LD): बेद पुर्जा

  • निएरेस्ट टु पिन (NTP): हिरा पुन

  • सेकेन्ड एप्रोच: नील पुर्जा


खेलको समाप्तिपछि मगर भवनमा रात्रिभोज (Messing) को आयोजना गरिएको थियो। दिउसोको खाजा (Surprise package) व्यवस्थापन ट्रस्टी साम गुरुंगले गरेका थिए भने Messing को ब्यवस्था गोपाल छनत्याल र हीरा पुनले गरेका थिए

कलाकारहरू ललिता पुन, सरिस्मा रामजली र संजु थापा खेलाड़ीहरूलाई ठप हौसला दिन गल्फ मैदानमा पुगेका थिए

सौहार्दपूर्ण वातावरण र उत्कृष्ट खेल प्रदर्शनका साथ सम्पन्न यस प्रतियोगितालाई सफल बनाउन भूमिका खेल्ने अध्यक्ष तथा संयोजकलाई सहभागीहरूले विशेष धन्यवाद ज्ञापन गरेका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!