लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियममा दुई कार्यसमितिबीच एकताको सहमति भएको छ ।
दुवै समितिबीच समायोजन हुने भएको एनआरएनए अध्यक्ष हेमराज शर्माले जानकारी दिएका छन् । उनका अनुसार एनआरएनए बेल्जियमको नेतृत्व कार्यकारी अध्यक्षको हैसियतले कमल पन्थीले अक्टोबर ११ सम्म गर्नेछन् र तत्पश्चा्त लोकेन्द्र नेपालले गर्नेछन् ।
उक्त महत्वपूर्ण सहमति गराउन सहयोग गर्ने सबैजनालाई अध्यक्ष शर्माले धन्यवाद दिएका छन् । बाँकी एनसीसीहरूमा पनि छिट्टै एकता हुने अपेक्षा गरिएको छ ।






