मान गुरुङ
अल्डरसट । तमु फोरम युकेको गत आइतबार ९ डिसेम्बरका दिन अल्डरसटस्थित एम्पायर हलमा साधारणसभा सम्पन्न भएको छ । सो साधारणसभाले तमु फोरम युकेले प्रकाशन गर्न लागेको त्रिभाषीय पुस्तकको रुपमा तमुहरुको दस्तावेजको बारेमा व्यापक रुपमा छलफल भएको थियो ।
सो साधारणसभामा एकेन्द्र गुरुङ, सुमल कुमार गुरुङ र कृष्ण बहादुर गुरुङले सो दस्तावेजको बारेमा आ–आप्mनो धारणा प्रस्तुत गरेका थिए । त्यस्तै, लामा धरम गुरुङ, घ्यावृ हिरा गुरुङ र कानुनी सल्लाहकार बालकृष्ण गुरुङलगायतले विभिन्न बिषयमा बोलेका थिए ।
सो कार्यक्रममा तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ र तमु प्ये ल्हु संघ युकेका अध्यक्ष मे.रि. खुशीमान गुरुङले सो ऐतिहासिक कार्यका लागि संस्थाको तर्फबाट हरपल सहयोग गरिने सुझाव सहित प्रतिवद्धता व्यक्त गरे । त्यस्तै, याञ्जाकोट समाज युकेका अध्यक्ष क्याप्टेन सूर्य प्रकाश गुरुङ, युवन गुरुङ, नेपाली अन्तर्राष्ट्रिय समाज युकेका अध्यक्ष ले.रि.चन्द्र गुरुङ, चारभञ्ज्याङ्ग तमु समाज युकेका अध्यक्ष मेजर कृष्ण गुरुङ, क्या. बालकृष्ण गुरुङ, मेजर हितमान गुरुङ, धनबहादुर गुरुङलगायतले आ–आप्mनो धारणा राखेका थिए । त्यस्तै, तमु फोरम बोर्ड अफ काउन्सिलका अध्यक्ष मेजर लालबहादुर गुरुङले विभिन्न जिज्ञासाहरु मेटाएका थिए ।
तमु फोरमका निर्देशक क्या.रि.राजु गुरुङको अध्यक्षतामा सम्पन्न साधारणसभामा सहनिर्देशक क्या देवराज तमुले स्वागत तथा धन्यवाद मन्तब्य दिएका थिए भने योगेश गुरुङले कार्यक्रम संचालन गरेका थिए ।
गुरुङहरुको भाषा, कला, संस्कार, परम्परा र संस्कृति संरक्षण तथा सम्वद्र्धन गर्नका लागि तमु फोरम युकेले बेलायतमा रहेका करीब ७३ वटा गुरुङसँग सम्बन्धित संघसंस्थाहरुको सहयोगमा गुरुङहरुको कला र संस्कृति समेटिने ऐतिहासिकदस्तावेज गुरुङ, नेपाल र अंग्रेजी भाषामा पुस्तक प्रकाशन गर्न लागेको छ । सो दस्तावेज आगामी सन् २०२० को अगष्ट महिनाभन्दा अघि प्रकाशन गरिने फोरमले जनाएको छ ।






