बिसीसी लन्डन शाखाको अध्यक्षमा गमरसिङ्ग घले पुनः निर्वाचित

SHARE:

एटा संवाददाता
लन्डन । बिसीसी लन्डन शाखाको अध्यक्षमा गमरसिङ्ग घले पुनः निर्वाचित भएका छन् ।

गत आइतबार २ डिसेम्बर २०१८ को दिनमा वुद्धिष्ट कम्युनिटी सेन्टर लन्डन शाखाको वार्षिक साधारणसभाले उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिमा मोतिलाल तामाङ र राजबहादुर गुरुङ उपाध्यक्ष, मोहनजङ्ग गुरुङ महासचिव, महेन्द्रद्रगुरुङ सहसचिव, गोपाल तामाङ कोषाध्यक्ष, जगत गुरुङ सहकोषाध्यक्ष, देव गुरुङ सम्पत्ती म्यानेजर, अभियान गुरुङ वेबमास्टर, सुरज गुरुङ सहायक वेबमास्टर, धर्म तामाङ पब्लिक रिलेसन तथा सल्लाहकार, कृष्ण गुरुङ परियोजना प्रबन्धक र दशरथ गुरुङ सहायक परियोजना प्रबन्धकमा चयन भएका छन् ।

त्यस्तै, आमा समूहको अध्यक्षमा अन्तिम गुरुङ, उपाध्यक्षमा दिलमाया गुरुङ र शर्मिला तामाङ महासचिवमा सुन्दरी तामाङ, कोषाध्यक्षमा जयन्ती गुरुङ, सहकोषाध्यक्षमा शर्मिला तामाङ र सांस्कृतिक सचिवमा अन्जु श्रेष्ठ चयन भएको महासचिव मोहनजङ्ग गुरुङले जानकारी दिए । रिटायर्ड ले.नारायण गुरुङ संयोजक, मदन गुरुङ र धर्म तामाङ सदस्य रहेको निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गरिएको थियो ।
साधारणसभालाई बिसिसी युके लन्डन शाखाका अध्यक्ष गमरसिङ्ग घले र बिसीसी युकेका संस्थापक अध्यक्ष काजी शेर्पाद्वारा पानसमा दिप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए ।

कार्यक्रममा Frederick R Hyde-Chambers, OBE chairman of Buddhist chaplain, Mr Tomer Ben CEO Jewish Community बाट विशेष उपस्थिति रहेका थिए । त्यस्तै, बिसीसी युकेका अध्यक्ष नरेश गुरुङ, आमा समूहकी अध्यक्ष पुष्पा गुरुङ, साथै हन्स्लो बोरोका काउन्सिलर बिष्णु गुरुङ, बार्नेट बोरोका काउन्सिलर लक्ष्य गुरुङको समेत उपस्थिति थियो । सो अवसरमा अतिथिहरुले शुभकामना मन्तब्य प्रकट गरेका थिए ।
बिसिसी युके लन्डन शाखाका अध्यक्ष गमरसिङ्ग घलेको अध्यक्षतामा सम्पन्न साधारणसभा कोषाध्यक्ष गोपाल तामाङले आर्थिक प्रतिवेदन प्रस्तुत् गरेका थिए । त्यस्तै, आमा समूहकी उपाध्यक्ष पूर्णमाया गुरुङले आमा समूहको बारेमा बोलेकी थिइन् भने महासचिव मोतिलाल तामाङले कार्यक्रम सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!