नेफिन यूकेले बलिहाङ पूजा तथा तिहार कार्यक्रम आयोजना गर्ने

SHARE:

बेलायत – नेपाल आदिवासी जनजाति महासंघ-बेलायत (नेफिन यूके) को आयोजनामा आगामी शनिवार ७ नोभेम्बर २०२६ का दिन बेलायतको अल्डरसटस्थित ‘द प्यालेस रेष्टुरेन्टमा ‘बलिहाङ पूजा तथा तिहार विशेष कार्यक्रम’ आयोजना गर्ने भएको छ।

बलिहाङ राजाको स्मरण गर्दै नेपाली समुदायबीच भाइचारा अभिवृद्धि गर्ने उद्देश्यका साथ बिहान ११:०० देखि राति २३:०० बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा परम्परागत सांस्कृतिक खेलहरू तथा विभिन्न कलाकारहरूको मनोरञ्जनात्मक सांगीतिक प्रस्तुतिहरू रहनेछन्।

प्रवेश निःशुल्क र भोजनको समेत व्यवस्था गरिएको यस कार्यक्रममा बेलायतस्थित सम्पूर्ण नेपाली समुदाय तथा परिवारलाई उपस्थितिका लागि नेफिन यूकेका अध्यक्ष मेजर योगेश कोयी राई र महासचिव फ्रम दुराले हार्दिक निमन्त्रणा गर्नुभएको छ।

कार्यक्रमसम्बन्धी थप जानकारीका लागि महासचिव फ्रम दुरा वा अध्यक्ष मेजर योगेश कोयी राईलाई सम्पर्क गर्न सक्नु हुनेछ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!