नोभेम्बर १ मा नेपाली साहित्य विकास परिषद् यूकेको नयाँ कार्यसमिति चयन गरिने

SHARE:

लन्डन । नेपाली साहित्य विकास परिषद् यूकेको ३०औँ साधारणसभा तथा नयाँ कार्यसमिति गठन आगामी नोभेम्बर १ मा हुने भएको छ।

परिषद्की महासचिव डा.सुधा श्रेष्ठद्वारा जारी विज्ञप्तिअनुसार परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लको अध्यक्षतामा बसेको सचिवालय बैठकले नोभेम्बर १, आइतबारका दिन ३०औँ साधारणसभा आयोजना गर्ने र १५औँ कार्यसमिति पुनर्गठन गर्ने निर्णय गरेको हो।

बैठकले कार्यसमिति पुनर्गठनका लागि परिषद्का पूर्वअध्यक्ष हरिसिंह थापाको अध्यक्षतामा पाँच सदस्यीय अध्यक्षमण्डलसमेत गठन गरेको छ। अध्यक्षमण्डलका अन्य सदस्यमा परिषद्का सल्लाहकारहरू मदन थापा, विजय थापा, डा. जनककुमारी धिताल र कृष्ण भट्ट रहेका छन्।

परिषद्को कार्यसमितिको कार्यकाल दुई वर्षको हुने गरेको छ। विज्ञप्तिअनुसार साधारण सभा पश्चिम लन्डनको एक्टनस्थित एबीआई कलेजको समारोह हलमा दिउँसो १२ बजेदेखि सुरु हुनेछ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!