मंगल बुद्ध बिहार युकेद्वारा नोभेम्बर १ मा कठिन चिवर दान कार्यक्रम आयोजना हुने

SHARE:

बेलायत – मंगल बुद्ध बिहार युकेको आयोजनामा आगामी आइतवार १ नोभेम्बर २०२६ को दिन बेलायतको ग्रीनफोर्डमा कठिन चिवर दान पुण्य कार्यक्रम आयोजना हुने भएको छ।

उक्त कार्यक्रम रोयल ब्रिटिश लिजन क्लब, ग्रीनफोर्ड (Royal British Legion Club Greenford, 182 Oldfield Lane South, Greenford UB6 9JS) मा बिहान १०:०० बजेबाट सुरु हुने छ ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य, शील प्रार्थना, बुद्ध पूजा, भोजन दान, कठिन चिवर दान, धर्मदेशना, ध्यान, चिवर दान, अष्टपरिष्कार दान, संघ दान, धन्यवाद ज्ञापन र पुण्यानुमोदनलगायतका धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू रहनेछन्।

यस वर्ष कठिन चिवर दाताका रूपमा तारा माया थापा र जगत आले परिवार रहेका छन्। कार्यक्रममा उपस्थित हुन नसक्ने तर सहयोग गर्न इच्छुक महानुभावहरूको लागि मंगल बुद्ध बिहार युकेको बैंक खातामा आर्थिक सहयोग गर्न सकिने व्यवस्था मिलाइएको छ।

कार्यक्रम वा सहयोगसम्बन्धी थप जानकारीका लागि इन्द्र पुन, जगत आले र टेक खापाङ्गीलाई सम्पर्क गर्न सकिनेछ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!