अनेसास, यूके च्याप्टरद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती समारोह आयोजना गर्दै

SHARE:

बेलायत – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), यूके च्याप्टरको आयोजनामा शनिवार ७ नोभेम्बर २०२६ का दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको विशेष समारोह आयोजना गरिने भएको छ।

बेलायतको समय अनुसार दिउँसो १२:०० देखि १५:०० बजेसम्म जुम मार्फत हुने उक्त कार्यक्रममा साहित्यिक योगदानको चर्चा, आत्मीय संस्मरण, रचना वाचन तथा महाकविको साहित्य र जीवनका विविध पक्षबारे विशेष अन्तरक्रिया गरिनेछ।

कार्यक्रममा अनेसास नेपाल च्याप्टरकी अध्यक्ष एवम् महाकवि देवकोटाकी नातिनी, कवि तथा साहित्यकार मञ्जिला अनिल प्रमुख अतिथिका रूपमा सहभागी हुनेभएकी छिन्।

अनेसास यूकेले सम्पूर्ण साहित्य अनुरागीहरूलाई कार्यक्रममा सहभागिताका लागि हार्दिक अनुरोध गरेको छ भने थप जानकारीका लागि राज श्रेष्ठलाई सम्पर्क गर्न सकिनेछ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!