श्रम संस्कृति सोसाइटी यूकेको उद्घाटन तथा प्रथम महाधिवेशन नोभेम्बर १ मा

SHARE:

लन्डन । श्रम संस्कृति सोसाइटी यूके (एसएसएस यूके) को औपचारिक उद्घाटन तथा प्रथम महाधिवेशन आगामी नोभेम्बर १ मा बेलायतको अल्डरसटमा हुने भएको छ।

गैर-राजनीतिक, सामाजिक तथा स्वयंसेवी संस्थाको रूपमा स्थापित सोसाइटीको उद्घाटन तथा प्रथम महाधिवेशन अल्डरसटस्थित एम्पायर हलमा दिउँसो १२ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने श्रम संस्कृति सोसाइटी यूकेका संयोजक श्रमदाता मनोज पुनले जानकारी दिएका छन् ।

साझा समाज निर्माण, श्रमको सम्मान र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी भई सफल बनाउन बेलायतवासी नेपाली तथा नेपालका शुभचिन्तकलाई आयोजकले आग्रह गरेको छ। कार्यक्रममा सहभागी हुन इच्छुकले अनलाइनमार्फत टिकट लिन सक्नेछन्। कार्यक्रम प्रवेश शुल्क (खानासहित) २० पाउन्ड तोकिएको इभेन्ट कोअर्डिनेटर सन्तोष राईले बताए ।

श्रम संस्कृति सोसाइटी यूकेका तर्फबाट संयोजक मनोज पुनले कार्यक्रममा उपस्थितिका लागि सबैलाई हार्दिक निमन्त्रणा गरेका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!