बेलायतमा २४ औं गोर्खाकपको मुख्य विधामा टिम बढाइँदै, १६ मे शुक्रबारसम्ममा टिम दर्ता गर्न आग्रह

SHARE:

लन्डन । तमु धीं यूकेको आयोजनामा मे २४ तारिखमा हुने २४ औं गोर्खाकपको मुख्य पुरुष विधामा ४० टिम सहभागी गराइने भएको छ । यसअघि प्रतियोगिताको मुख्य पुरुष विधामा ३२ टिमको प्रतिस्पर्धा गराइँदै आएकोमा यस संस्करणमा थप ८ टिमलाई मौका दिँदै पहिलोपटक ४० टिम खेलाइने भएको हो । विगतजस्तै ३२ टिम मात्र सहभागी गराउने योजना रहेपनि गोर्खाकपप्रतिको बढ्दो आकर्षण, सहभागिताका लागि थप क्लबहरूले देखाएको चाहना तथा प्रतियोगिताको लोकप्रियतालाई मध्यनजर गर्दै थप टोली समेट्ने निर्णय गरिएको प्रतियोगिताका संयोजक एवम् तमु धीं यूके स्पोर्टस् सेक्रटरी क्या. दीपक घलेले बताएका छन् ।

२४ औं गोर्खाकपका लागि नियमित ३२ टिमको दर्ता पूरा भइसकेको छ भने बाँकी ८ टिमका लागि टिम दर्ता गर्न यही १६ मे शुक्रबारसम्मको समयसीमा तोकिएको छ ।

प्रतियोगिता प्रवेश नीतिअनुसार अघिल्लो संस्करणको विजेता टोलीले निर्धारित समयसीमाभित्र आवश्यक प्रक्रिया पूरा गरी आधिकारिक रूपमा प्रतियोगिताबाट फिर्ता नलिएसम्म स्वतः प्रतियोगितामा स्थान सुरक्षित गर्ने व्यवस्था छ।

आयोजकका अनुसार गोर्खाकपमा सहभागी हुन चाहने टिमहरुबाट हरेक वर्ष उल्लेखनीय संख्यामा प्रवेश आवेदन प्राप्त हुंदै आएको छ। समय तथा उपलब्ध स्रोतहरूको सीमितताका बाबजुद पनि यस वर्ष थप टोलीहरूलाई अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता विस्तार गरिएको आयोजकले जनाएको छ।

आयोजक तमु धीं यूके अध्यक्ष जुमकाजी गुरुङले सहभागी हुन इच्छुक खेलाडी र टिमहरुको आग्रहअनुसार टिम संख्या थप गर्ने निर्णय लिइएको जनाए । ४० टिमको सहभागिताले खेलाडी र दर्शक दुवैका लागि प्रतियोगिता थप रोचक र मनोरञ्जनात्मक बन्ने विश्वास अध्यक्ष गुरुङले व्यक्त गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!