रेडिङ किरात समाज युकेले उद्यौली मनायो

SHARE:

कृष्णकुमार हेम्ब्या
रेडिङ । रेडिङ किरात समाज युकेले किरातहरुको राष्ट्रिय पर्व उद्यौली पर्व रेडिङस्थित साउथ रेडिङ युथ कम्युनिटी सेन्टरमा भब्यसंग मनायो । रेडिङवासी चार किरात समुदायका पुजारीहरुबाट संयुक्तरुपमा न्वाँगी पूजाबाट कार्यक्रमको थालनी भएको थियो । कोइँच सुनुवार समुदायका टेकबहादुर सुनुवारले प्रमुख पुजारीको भूमिका खेलेका थिए । अन्य पुजारीहरुमा किरात राईतर्फ बिन्द्रमान राई, किरात याक्खातर्फ ईमासिं याक्खा र किरात लिम्बूतर्फ दुर्गा सम्वाहाम्फे संलग्न थिए ।

कार्यक्रमको पहिलो चरणमा प्रमुख पुजारी टेकबहादुर सुनुवारले किरात समुदायका पुर्खाहरुले बालीनाली आरम्भ गरेदेखिनै मानव सभ्यताले फड्को मारेको मुन्धुमी कथाहरु वाचन गरे । संस्थाका अध्यक्ष खडानन्द सुनुवारले उद्यौली पर्वको सांस्कृतिक विषयमा प्रवचन दिए । अन्तमा विभिन्न पाकेको अन्न, फलफुल र जाँडपानी प्रकृति र पुर्खाहरुलाई चढाएपछि प्रसाद ग्रहणसंगै पूजा सम्पन्न भयो । दोस्रो चरणको कार्यक्रममा विभिन्न विषयहरुमा उच्च शिक्षा प्राप्त गरेका विद्यार्थीहरुलाई सम्मान तथा प्रमाण—पत्र प्रदान गरियो । उक्त दिन स्थनिय चार किरात समुदायका कलाकारहरुले सांस्कृतिक नृत्यहरु प्रदर्शन गरेका थिए । स्थानिय कलाकार जानुका राई र नेपालबाट आउनु भएकी चर्चित कलाकार अमृता सम्वाहाम्फेले विभिन्न गितहरु गायर मनोरोञ्जन दिलाएका थिए । कार्यक्रम संचालन संस्थाका सचिव एलबी शुब्बा, सांस्कृतिक कार्यक्रमको संचालन ईन्दु शुब्बा तथा स्वागत मन्तब्य संस्थाकै उपाध्यक्ष इमानसिं याक्खाले गरेका थिए ।

स्मरण रहोस प्रकृतिक पुजारी किरात समुदायले राष्ट्रिय पर्वकोरुपमा मनाउदै आएको उद्यौलीलाई किरात याख्खाहरु चासुवा, किरात राईहरु उधौली÷साकेला, किरात लिम्बूहरु चासोक तङ्नाम र किरात कोइँच सुनुवारहरु फोलष्याँदर भनेर मनाउँदछन् । नेपालमा गणतन्त्र स्थपनासंगै उद्योलीले राष्ट्रिय चाडको मान्यता प्राप्त गरी एक दिन सरकारी विदाको व्यव्यस्था गरिएको छ ।

रेडिङ किरात समाज यूके सन २००९ मा स्थपना भएको रेडिङवासी राई, लिम्बू, सुनुवार र याक्खा चार किरात बन्धुहरुको एक साझा सामाजिक संस्था हो । किरातीहरुबीच एकता एमब् सद्भाव सहिष्णुता कायम गर्दै परस्पर सहयोग तथा सद्भावको विकास गर्दै समाजले आपतविपतमा परेका सदस्यहरुलाई आर्थिक तथा अन्य सहयोग पुर्याउदै आएको छ । किरातहरुको उद्यौली, उभौलीजस्ता साझा वार्षिक चाड पर्वहरु मनाउनुको साथै अन्य बिभिन्न जातीय सामाजिक सांस्कृतिक गतिविधिहरु संचालन गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!