लन्डन । गीतकार एवं साहित्यकार जानु काम्बाङ लिम्बुको नयाँ कोसेली ‘१६ वर्षे जवानी’ सार्वजनिक भएको छ ।
बबिना किरातीको आवाजमा रहेको १६ वर्षे जवानी गीत २३ मे २०२६ मा जानु काम्बाङ अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा संगीत सुमन राई, एरेन्ज अमोश तामाङ, मिक्सिङ/मास्टरिङ गोभुन्डा सोनीले भूमिका खेलेका छन् ।
अभिनय बिना राउत, एसराज गारच र तेन्जु योञ्जन रहेका छन् । कोरियोग्राफी रोशन विके, क्यामेरा मोहनकुमार झिल्लु, सम्पादन/कलर अनिलकुमार महर्जनको रहेको छ ।
उक्त म्युजिक भिडियो युगल पोमुको निर्देशनमा तयार पारिएको हो ।






