गोर्खा कप २०२६ को उपाधि राङ्भाङ एफसीको पोल्टामा

SHARE:

तमु धिं युकेद्वारा आयोजित प्रतिष्ठित ‘गोर्खा कप २०२६’ को उपाधि नेपाल राङ्भाङ एफसीले जितेको जानकारी तमु धिं युकेका खेलकुद सचिब क्याप्टेन दिपक घलेले दिएका छन् ।

बेलायतको अल्डरसटस्थित क्वीन्स एभिन्यू फुटबल मैदानमा सम्पन्न फाइनल खेलमा मुख्य टिमतर्फ (मेन टिम) गुरुजी इलियट टिमलाई २–० गोल अन्तरले पराजित गर्दै राङ्भाङ एफसीले उपाधि आफ्नो पोल्टामा पारेको हो। उपाधिसँगै विजेता राङ्भाङ एफसीले ३ हजार ५ सय पाउण्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता गुरुजी इलियट टिमले २ हजार पाउण्ड, ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको छ।

त्यस्तै, भेट्रानतर्फको प्रतिस्पर्धामा इन्टेक ०४ विजयी भएको छ भने पलमस्टेड एफसी उपविजेता बनेको छ। निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा इन्टेक ०४ ले पलमस्टेड एफसीलाई पराजित गरेको हो। भेट्रानतर्फको विजेता इन्टेक ०४ ले १ हजार ८ सय पाउण्ड र उपविजेता पलमस्टेड एफसीले १ हजार २ सय पाउण्डसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

महिलातर्फको खेलमा तामाङ समाज युकेले रनर बोल्टलाई ३–० गोल अन्तरले पाखा लगाउँदै उपाधि चुम्यो। महिलातर्फको विजेता टोलीले ६ सय पाउण्ड र उपविजेताले ४ सय पाउण्डसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

२० हजारभन्दा बढी दर्शकको उत्साहजनक उपस्थिति रहेको उक्त प्रतियोगिताको प्रमुख अतिथि रसमर बरो काउन्सिलका मेयर कालम स्टिवार्ट थिए। त्यस्तै, विशेष अतिथिहरूमा सांसद एलेस बेकर, ब्रिगेडियर जनरल अनुप शाह, कर्नेल रबिन्सन र हिमालयन जेटका मालिक दिपेन्द्र गुरुङ लगायत सयौँ विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा सम्पन्न सो समारोहमा वरिष्ठ उपाध्यक्ष तथा मुख्य संयोजक परशुराम गुरुङले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव डा. विशाल गुरुङले गरेका थिए। गोर्खा कपको समापन गर्दै अध्यक्ष गुरुङले प्रतियोगितालाई भव्य रूपमा सफल पार्न सहयोग गर्ने सम्पूर्ण पाहुना, प्रायोजक, खेलाडी, कलाकार, पत्रकार, संरक्षक, सल्लाहकार, आमा समूह, कार्यसमिति तथा उपस्थित सम्पूर्ण दर्शकहरूमा हार्दिक धन्यवाद एवं आभार व्यक्त गरे।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!