तस्बिर सौजन्य : नेपाली लिंक
लन्डन । बेलायतमा आयोजित रेडिङ नेपाली रनर्स १० के दौडमा लककुमार आङ्थुपो र हाप्र्स हंसरा च्याम्पियन बनेका छन् ।
नेपाल रन यूकेको सहयोग र रेडिङ नेपाली रनर्स समूहको आयोजनामा आइतबार ३१ मेमा डिन्टन पास्चर्स कन्ट्री पार्कमा भएको दौडमा खुला पुरुष क्याटेगोरीतर्फ लककुमार आङ्थुपो ३९:१३ मिनेटमा दूरी गरी प्रथम बने । नारायण पन्त (३९:२६ मिनेट) द्वीतीय र नारायण कटुवाल (३९:५६ मिनेट) तृतीय भए ।
त्यसैगरी खुला महिला क्याटेगोरीमा हाप्र्स हंसरा प्रथम भइन् । उनले ४१:४२ मिनेटमा दौड पार गरेकी थिइन् भने सावित्री कुँवर (५२:४० मिनेट) द्वितीय र साबी पुन (५३:४३ मिनेट) तृतीय भए ।
भेट्रान पुरुष क्याटेगोरीमा रुद्र लिम्बु (४२:०४ मिनेट) प्रथम भए । भेट्रान महिला वर्गीकरणमा मनिषा लिम्बु (५४:४४ मिनेट)ले पहिलो स्थान सुरक्षित गरिन् । पुरुषतर्फ लक्ष्मण गुरुङ (४०:३१ मिनेट) प्रथम र यही क्याटेगोरीमा महिलातर्फ हिलारी रेनी (५६:५५ मिनेट) वीनर बनिन् ।
६० माथिको उमेर समूहमा पुरुषतर्फ तिलविक्रम सम्बाहाम्फे (४४:२१ मिनेट) प्रथम र महिलातर्फ रुक्मिणी थापा (१:०९:३६ घण्टा) प्रथम भइन् । दौडमा बेलायतका लन्डन, डार्टफोर्ड, बेक्सली, अल्डरसट, बेजिङस्टोक, स्कटल्याण्डबाट करिब तीनसय धावक सहभागी थिए ।
विजेताहरुलाई प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदुत विपिन दुवाडी, नेपाल रन यूकेका संस्थापक सन्तोष राई, प्रायोजकद्द्वय बुद्ध मोर्गेजका निर्देशक किशोर राना र एइएसएन रिक्रुटमेन्ट सोलुसन्सका सन्जिव घिमिरे, एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीलगायतले पुरस्कार वितरण गरेका थिए ।





