लन्डन । बेलायतमा यही २० जुनमा आठौँ मोना भलिबल प्रतियोगिता हुने भएको छ ।
म्याग्दी समाज यूके र म्याग्दी भलिबल यूकेको आयोजनामा शनिबार २० जुनमा रसमुर साइन्टस फुटबल क्लब अल्डरसटमा मोना भलिबल हुन लागेको हो । प्रतियोगितामा महिला, पुरुष, भेट्रान क्याटगोरीमा खेलाइने छ । पुरुषतर्फको पहिलो पुरस्कार २ हजार पाउन्ड र दोस्रो पुरस्कार १३ सय पाउन्ड रहेको छ । यस्तै महिला टिम विजेतालाई १२ हजार र उपविजेतालाई ८ सय दिइनेछ । भेट्रानतर्फ प्रथम पुरस्कार ११ सय पाउन्ड र द्वितीय पुरस्कार ७ सय पाउन्ड रहेको छ ।
१५० पहिलो पुरस्कार राशिसहितको छेलो प्रतियोगिता पनि गराइनेछ ।






