लन्डन । तामाङ समाज यूकेले यही जुन २० तारिखमा ‘रिन्जेन दोर्जे कप’ आयोजना गर्ने भएको छ ।
तेमालका अन्तिम तामाङ राजाका रूपमा चिनिने रिन्जेन दोर्जेको नामबाट बेलायतमा पहिलोपटक फुटबल टुर्नामेन्ट हुन लागेको हो । ९-ए साइड फुटबल टुर्नामेन्ट एलएनईआर स्पोर्ट्स एन्ड सोसल क्लब मेबैंक एभिन्यू वेम्बलीमा हुने छ ।
खेल दर्ताका लागि प्रति टिम २५० पाउन्ड रहेको छ ।
विजेतालाई ट्रफी र मेडलसहित १८ सय पाउन्ड र उपविजेतालाई मेडलसहित १ हजार पाउन्ड पुरस्कार दिइने आयोजकले जनाएको छ । खेलस्थलमा खाना र अन्य स्टलहरुसमेत रहने छन् ।






