सेना, प्रहरी, डाक्टर बन्न सम्बन्धित कोर्स गर्नु पर्दछ । जसरी हरेक तहको शिक्षा लिन कोर्स (पाठ्यक्रम) पूरा गर्नु पर्दछ, त्यसैगरी एक ड्रग्समा परेका व्यक्तिको बिग्रेको स्वास्थ्य, बानीब्यहोरा, सुधार्न, काम गरेर खान सक्ने उत्पादक बनाउन, आफूले नै आफूलाई नैतिकताभित्र राख्न सक्ने क्षमता बढाउन पनि कोर्स चाहिन्छ जुन कोर्स ड्रग्स रीह्याब सेन्टरले दिन्छ ।
कतिपय मानिसहरु ड्रग्स औषधिबाट छुट्छ भन्ने भ्रममा हुनुहुन्छ । औषधिले रोग निको हुन्छ, बिग्रेको बानी होइन । रीह्याबमा राख्दा पहिलो प्रश्न गर्नु होला “यस रीह्याबमा हाम्रो सदस्यलाई जीवन भर ड्रग्स नखाने बनाउने, नैतिक बनाउने, उत्पादक र स्थिर बनाउने अनि वंशको मर्यादा पालना गर्दै संस्कारी बनाउने ? कोर्स के छ ?
यस्तो कोर्समा संसारभर ख्याती कमाएको एक कोर्स हो “नार्कोनन् कोर्ष “ जुन युकेको ससेक्स, दक्षिण एसियामा नेपाल र टोकियोमा गर्न पाइन्छ ।
बसन्त कुँवर
पूर्व एसएसपी
अन्तर्राष्ट्रिय रीह्याब स्पेसलिस्ट






