लन्डन । बेलायतमा नवौं अल्डरसट भलिबल प्रतियोगितामा स्याङ्जा र मोना लेडिज टिम विजेता बनेका छन् ।
अल्डरसटको वेलेस्ली खेल मैदानमा १३ जुन २०२६ मा भएको प्रतियोगिताको फाइनलमा आयोजक अल्डरसट भलिबल टिमलाई हराउँदै स्याङ्जा भलिबल टिम विजयी भयो । विजयी टिमले १६ सय र उपविजेताले ११ सय पाउन्ड, ट्रफी र मेडल पुरस्कार पाए ।
यसैगरी विन्चेस्टरलाई हराउँदै मोना लेडिज टिम विजेता बन्यो । उक्त टिमले ९ सय पाउन्ड, ट्रफी, मेडल पायो भने उपविजेता विन्चेस्टरले ५५० पाउन्डसहित ट्रफी, मेडल पुरसकार प्राप्त गरेको अल्डरसट भलिबल क्लबका अध्यक्ष विमल गुरुङले जानकारी दिए ।
पुरुषतर्फ १४ टिम र महिलातर्फ ८ वटा टिमको सहभागिता थियो । खेल बिहान ९ बजे सुरु भएको थियो ।
प्रतियोगितामा अल्डरसट भलिबल क्लबका संरक्षक तथा समाजसेवी शेरबहादुर सुनार प्रमुख अतिथि थिए । कार्यक्रममा स्थानीय मेयर, काउन्सिलरहरु, विभिन्न नेपाली संघ संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो ।
अध्यक्ष गुरुङले प्रतियोगिता सफल पार्न भूमिका खेल्नै सबैलाई धन्यवाद दिएका छन् ।






