डुङ्गा पल्टिँदा स्पेनमा १२ आप्रवासीको मृत्यु

SHARE:

मड्रिड । स्पेनको दक्षिणी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । दुर्घटनाका कारण अरु १२ जना बेपत्ता भएको स्पेनका तटरक्षक र रेडक्रसका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

दुर्घटनामा परेको डुङ्गाबाट झण्डै तीस जनालाई जिवितै उद्धार गरिएको छ । उद्धारका लागि दुई दिन सम्म खोजी कार्य चलाइएको थियो । “दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने अरु ३३ जना जिवितै भेटिएका छन्, जिवित मध्ये चार जना महिला र २९ जना पुरुष रहेका छन्,” एक उद्धारकर्मीले भने ।

दुर्घटनामा परेकाहरु आप्रवासी भएको बताएको छ । उनीहरु अफ्रिकाबाट स्पेनको अल्मेरिया बन्दरगाहमा आउदै थिए । मृत्यु भएका मध्ये दश जना पुरुष र दुई जना महिला रहेका छन् । महिला मध्ये एक जना गर्भबती रहेको जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!