पूर्वजनसेना अस्पतालको बेडमा, ‘कमाण्डर’ जनार्दन शर्मा अमेरिकातिर छोरीको विहेमा

SHARE:

काठमाडौं । १० वर्षे माओवादी सशस्त्र युद्धमा घाईते भएका दर्जनौँ घाइते पूर्व जनसेनाहरु यो कठ्याङ्गीने चिसोमा वीर अस्पतालको बेडमा छट्पटाइरहेका छन् । उनीहरुको माग संवोधन गर्न पूर्व माओवादीकै नेताहरु मन्त्री रहँदा पनि सकिरहेका छैनन् ।

पूर्व जनसेनाकै कमाण्डर रहेका एक नेकपाका नेता तथा पूर्व मन्त्री भने ‘छोरीको विवाहमा सहभागी हुन अमेरिका सयर गरिरहेका छन् ।

कुनै समय उर्जा मन्त्री हुँदा चर्चामा रहेका जनार्दन शर्माको छोरा छोरी भने अमेरिकामा बस्छन् । अमेरिकामा अध्ययन गर्दै आएकी जनार्दन शर्माकी छोरी कविता शर्माको विवाहमा सहभागी हुनका लागि केहीदिन अघि शर्मा सपरिवार अमेरिका हानिएका हुन् ।

राणा खानदानी आलोक प्रताप राणासँग शर्माकी छोरी कविताको विवाह हुँदैछ । उक्त विवाह समारोहमा भाग लिनका लागि कर्णाली प्रदेशका ईन्चार्ज समेत रहेका शर्मा परिवारसँगै अमेरिका उडेको बताइएको छ ।

शर्माका छोरा प्रकाश शर्माले ‘अमेरिकाको न्युओर्कमा रहेको’ जानकारी दिँदै आफ्नो फेसबुकमा तस्विर पोस्ट गरेका छ ।

यता उनी समलग्न रहेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको बैठक चलिरहेको छ । बैठकमा भाग लिनका लागि परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली अमेरिकाबाट सरकारी भ्रमण छोट्याएर नेपाल फर्किसकेका छन् । तर, नेता शर्मा भने कर्णाली प्रदेशको रिपोर्टिङ नै छोडेर छोरीको विवाहमा सहभागी हुन अमेरिका गएको भन्दै पार्टी भित्रै चौतर्फी विरोध भइरहेको छ ।

स्रोतका अनुसार शर्माकी छोरी कविता शर्मा लामो समयदेखि अमेरिकाको टेक्सास स्थित एक विश्व विद्यालयमा एमबिए गरेका आलोक प्रताप राणासँग लिभिङ टुगेदरमा बस्दै आएकी थिइन् ।
पूर्व माओवादीका जनसेना केहीदिन अघिदेशि राजधानीको माइतिघरमा आफ्ना माग सम्बोधन गर्न माग गर्दै अनसन बस्दै आएका थिए । तर, विरामी परेपछि उनीहरुलाई वीर अस्पतालको बेडमा उपचारका लागि पुर्याइएको थियो ।

‘हामीलाई हिँजो युद्धमा बलिदान गर्न उक्साउने कमाण्डर कमरेडहरु अमेरिकामा छोरीको विवाह गरिरहेका छन्,’ वीर अस्पतालको बेडबाट एक कार्यकर्ताले भने,‘हाम्रो शरीरामा लागेको गोली निकाल्न पैसा छैन ।’

बागलुङका सांसद समेत रहेका नेकपाकै अर्का स्थायी समिति सदस्य देवेन्द्र पौडेल र उनकी पत्नि बलावति शर्मा पनि छोरीको दीक्षान्त समारोहमा भाग लिन अमेरिका पुगेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!