उत्तर कोरियामाथि पाँच करोड डलर क्षतिपूर्ति माग

SHARE:

वासिङटन । अमेरिकी एक सङ्घीय अदालतले ओट्टो वाम्बियरका बाबुआमाले दायर गरेको हत्यासम्बन्धी मुद्दाको सुनुवाई गर्दै उत्तर कोरियासँग पाँच करोड डलर क्षतिपूर्ति दिलाउन आदेश दिएको छ । अमेरिकी विद्यार्थी वाम्बियर उत्तर कोरियामा पक्राउ परेका थिए, तर मुक्त भएर घर फर्कनैबित्तिकै गत वर्ष उनको मृत्यु भएको थियो ।

अमेरिकी जिल्ला न्यायाधीश बेरिल हावेलले दिएको आदेशमा वाम्बियरको मृत्यु हुनुमा कोरिया नै दोषी देखिएको उल्लेख छ । वाम्बियरका बाबुआमाले उत्तर कोरियामा वाम्बियरलाई पक्राउ गरी चरम यातना दिइएको दाबी गर्दै आउनुभएको छ ।

वाम्बियर भर्जिनिया विश्वविद्यालयका विद्यार्थी हुनुहुन्थ्यो । उहाँ घुम्नका लागि साथीहरुसँगै उत्तर कोरिया जानुभएको थियो । उत्तर कोरियाली अधिकारीहरुले प्रचार सामग्री चोरेको अभियोगमा मार्च २०१६ मा पक्राउ गरी वाम्बियरलाई १५ वर्षको जेल सजाय दिएका थिए । उत्तर कोरियाबाट अचेत (कोमा) अवस्थामा अमेरिका फर्किएलगत्तै उहाँको जुन २०१७ मा मृत्यु भएको थियो ।

पाँच दिनको उत्तर कोरिया भ्रमणमा जानुअघि वाम्बियरको स्वास्थ्य अवस्था राम्रो थियो । वाम्बियरको मृत्यु हुँदाताका अमेरिका र उत्तर कोरियाबीचको तनाब शिखरमा पुगेको थियो । खासगरी उत्तर कोरियाली आणविक तथा क्षेप्यास्त्र प्रणालीको विकासका कारण दुबै मुलुकबीच तनाबको अवस्था सिर्जना भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!