लन्डन । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति भएको क्वार्टरफाइनलमा इङल्यान्डका जुड बेलिङघमले नर्वेविरुद्ध दुई गरका हुन् । यससँगै आठ वर्षपछि इङल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको नर्वे प्रतियोगिताबाट बाहिरिएको छ । खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए ।
अब इङल्यान्डले अर्जेन्टिनाको सामना गर्नेछ । शनिबार बिहान भएको अर्जेन्टिना र स्विटजरल्यान्डबीचको खेलमा । अर्जेन्टिना ३-१ गोलका साथ विजय बनेको छ ।






