लन्डन । अभिनेत्री गौमाया गुरुङले केही दिनअघि बेलायतमा विवाह गरेकी छन् ।
उनले प्रेमी दिवससँग विवाह गरेकी तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सोमबार पोस्ट गरेकी छन् । विवाह समारोहमा उनका आफन्त र परिवार सहभागी थिए । विवाहमा दुबैजना खुसी देखिन्छन् ।
गौमायाले कबड्डी श्रृंखलादेखि हालै प्रदर्शनमा आएको ‘सेप अफ मोमो’मा अभिनय गरेकी छन् ।











