बेलायतका दुई सहरमा प्रदर्शन हुँदै नेपाली चलचित्र ‘जुनकिरी’

SHARE:

लन्डन । नेपाली चलचित्र ‘जुनकिरी’ बेलायतका दुई सहरमा विशेष प्रदर्शन हुने भएको छ। चलचित्रलाई जुनकिरी टिमको आयोजनामा तथा गोरखा जिल्ला गुरुङ समाज यूकेको सह–आयोजनामा प्रदर्शन गर्न लागिएको हो ।

आयोजकका अनुसार चलचित्रको पहिलो प्रदर्शन २०२६ सेप्टेम्बर ५ (शनिबार) साँझ ६:०० बजे केट्रीकमा हुनेछ। त्यसपछि दोस्रो प्रदर्शन २०२६ अक्टोबर ४ (शनिबार) साँझ ६:०० बजे अल्डरसटस्थित एम्पायर हलमा आयोजना गरिनेछ।

दिप गुरुङको निर्देशन रहेको चलचित्र जुनकिरीको कथा भरत राई र लेखन सुरज तमुको रहेको छ ।

चलचित्रमा नायक/नायिका सुरज तमु, लक्ष्मी गुरुङ, कविता आले, अनिल सुब्बा, डीबी गुरुङ छन् भने संगीत अनिल सुब्बा, एरेन्ज उज्वल सागर, स्वर प्रवृत्ति राई,सुरज तमुलगायत छन् ।

उक्त चलचित्र निर्माताहरु यूकेबाट धनबहादुर गुरुङ, राजकुमार गुरुङ, नेपालबाट प्रेमबहादुर गुरुङ, सुक्रबहादुर तामाङ,विनोद गुरुङ,दिप गुरुङ छन् ।

आयोजकले बेलायतमा रहेका नेपाली समुदायलाई चलचित्र हेरी नेपाली कला, भाषा र चलचित्र उद्योगलाई प्रोत्साहन गर्न उपस्थितिका लागि आग्रह गरेका छन् । प्रदर्शनसँग सम्बन्धित थप जानकारी तथा टिकट व्यवस्थाबारे जानकारी आयोजकमार्फत सार्वजनिक गरिने जनाइएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!