पूर्वी इण्डोनेसियामा भूकम्प

SHARE:

जाकार्ता । इण्डोनेसियाको पपुवा बरात प्रान्तमा शुक्रबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको भूगर्भ विभागले जनाएको छ । यस भूकम्पपछि सुनामी आउने चेतानी भने दिइएको छैन । स्थानीय समयानुसार शुक्रबार बिहान १०ः०३ मा सो भूकम्प आएको सो संस्थाले जानकारी दिएको छ ।

सो भूकम्पको केन्द्रविन्दु उत्तरपूर्वी प्रान्त मोनोक्बारीमा रहेको र २६ किलोमिटर गहिराइको रहेको पनि भौगर्भिक संस्थाका अधिकारी मुहमद फादिलाले बताउनुभयो । तर सुनामीको चेतावनी भने नदिइको मुहमदले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । तर यस भूकम्पपछि मानवीय र भौतिक क्षतिको भने कुनै विवरण प्राप्त नभएको इण्डोनेसिया राष्ट्रिय प्रकोप व्यवस्थापनका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!