काठमाडौं । मनिषा घलान (ग्लान)को प्रस्तुतिमा तयार भएको नयाँ गीत ‘परदेशी’ सार्वजनिक भएको छ।
सन्जीव घिसिङ र जीतु लोप्चनको आवाजमा सजिएको उक्त गीत रिजन मोक्तान युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो । गीतमा रिजन मोक्तानको शब्द, राजु लामा थिङको संगीत रहेको छ।
गीतको एरेन्ज तथा मिक्सिङ कार्साङ लामाले गरेका हुन् भने रेकर्डिङ पारिजात नेपाल स्टुडियोमा गरिएको हो। पोस्टर डिजाइन अतित ब्लोनले गरेका छन्।
गीत सार्वजनिक भएसँगै दर्शक–श्रोतासँग गीत सुनेर माया, साथ र प्रतिक्रिया दिन आग्रह गरिएको छ। साथै, गीत निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण कलाकार, निर्माता र प्राविधिक टोलीप्रति आभार व्यक्त गरिएको छ।






