तमु धीं यूकेकी गुडविल एम्बास्डर एरिका गुरुङ ‘हाम्रो खेलकुद’ वर्ष खेलाडी घोषित

SHARE:

लन्डन । तमु धीं यूकेकी गुडविल एम्बास्डर एवं कराते खेलाडी एरिका गुरुङ वर्षका उत्कृष्ट खेलाडी घोषित भएकी छन् ।

हाम्रो खेलकुद डटकमको ११औँ वार्षिकोत्सवका अवसरमा मंगलबार एरिका महिलातर्फ वर्ष खेलाडी घोषित भएकी हुन् । एरिकालाई राखेपका सदस्य सचिव रामचरित्र मेहता, नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले सम्मान प्रदान गरे । उनले अवार्डसहित २५ हजार रूपैयाँ प्राप्त गरेका छन् ।

पुरुषतर्फ भने राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्रसिंह ऐरी वर्ष खेलाडी घोषित भए । दीपेन्द्रका तर्फबाट राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु वर्माले अवार्ड ग्रहण गरेकी थिइन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ र भाटभटेनी होल्डिङ निर्देशक कल्याण गुरुङले सम्मान प्रदान गरे ।

उनले पनि अवार्डसहित २५ हजार प्राप्त गरेका छन् ।

हाम्रो खेलकुदले सातौँ वार्षिकोत्सवदेखि खेलाडी सम्मान र गतवर्षदेखि हाम्रो खेलकुद कन्क्लेभ आयोजना गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!