बेलायतका दुई दर्जनभन्दा बढी सहरमा चलचित्र ‘गौथली’ एकसाथ प्रदर्शन हुँदै, कुन कुन ठाउँ ?

SHARE:

पूर्ण गुरुङ
लण्डन । नेपाली चलचित्र ‘गौथली’ बेलायतका दुई दर्जनभन्दा बढी सहरमा एकैसाथ प्रदर्शन हुने भएको छ। यही अगस्ट ७ र ८ मा Cineworld, Vue, Savoy लगायत विभिन्न सिनेमा हलहरूमा प्रदर्शन गरिनेछ।

नेपालमा श्रावण १ गतेदेखि प्रदर्शन भइरहेको ‘गौथली’ अब बेलायतका नेपाली दर्शकमाझ पनि पुग्न लागेको हो।

सिनेवर्ल्डअन्तर्गत अल्डरसट, बर्मिङ्घम, इल्फोर्ड, साउथ रुइसलिप, बेक्सलेहिथ, स्विन्डन, एशफोर्ड र वुल्भरह्याम्प्टनमा चलचित्र प्रदर्शन हुनेछन् । त्यसैगरी Vue सिनेमाअन्तर्गत ह्यारो, लिड्स लाइट, रिडिङ, स्टार सिटी, वाटफोर्ड, वेस्टफिल्ड स्ट्राटफोर्ड, बेसिङस्टोक फेस्टिभल प्लेस, डेगनहम, फार्नबरो, नर्थह्याम्प्टन, रोमफोर्ड, थरोक र योर्कमा पनि चलचित्र प्रदर्शन गरिनेछ। यसका साथै ग्रान्थम, क्याट्रिक र डन्कास्टरस्थित Savoy सिनेमा, ह्यारोको मेट्रो सिनेमा तथा लेस्टरको Piccadilly Cinemas अन्तर्गत रहेको Independent Cinemas मा पनि ‘गौथली’ प्रदर्शन हुनेछ।

डा. भोला रिजालको कथामा आधारित यस चलचित्रको निर्देशन बेलायत निवासी डा. कपिल रिजालले गरेका हुन्। चलचित्रमा अरुण क्षेत्री, सिमरन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लोनिभा तुलाधरलगायत कलाकारहरूको सशक्त अभिनय रहेको छ।

डा. कपिल रिजाल र सुमन गिरीद्वारा निर्मित ‘गौथली’को टिकट सम्बन्धित सिनेमा हल वा आधिकारिक बुकिङ

https://linktr.ee/gauthaliUK

लिङ्कमार्फत आफ्नो पायक पर्ने स्थानका लागि खरिद गर्न सकिने जनाइएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!