फिलिपिन्समा आँधीबाट ६८ जनाको ज्यान गयो

SHARE:

मनिला । फिलिपिन्सको मध्य क्षेत्रमा यसै साता आएको वर्षाद् सहितको शक्तिशाली आँधीमा परेर कम्तीमा ६८ जनाको मृत्यु भएको फिलिपिनी अधिकारीहरुले बताएका छन् ।

बाढीले डुबेका क्षेत्रहरुमा उद्धार कार्य जारी रहेको छ । अधिकारीहरुले सोमबार साँझसम्म मृत्यु हुनेको संख्या २२ रहेको जनाएका थिए । खोजी तथा उद्धार कार्य अझै जारी रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताइएको छ । अझै पनि १७ जना हराइरहेको प्रारम्भिक रिपोर्ट प्राप्त भएको छ ।

आँधीले मुख्यतः फिलिपिन्सको बिकोल र पूर्वी भिसायासमा सबैभन्दा बढी क्षति पुगेको छ । सरकारी अधिकारीहरुले आँधीपछि ठाउँठाउँमा बाढी र भूस्खलन गएको बताएका छन् । नागरिक रक्षा कार्यालयका अनुसार अधिकांश मानिसको मृत्यु भूस्खलन र डुबेर भएको छ । स्थानीयवासीको शब्दमा “उस्मान” भनिने यस आँधीको बेग कमजोर हुन थालेको छ ।

“अधिकांश प्रभावित क्षेत्र जलमग्न भएको छ । हामी मानिसको उद्धारका लागि सेना र रबर डुङ्गा पठाउँदैछौं । केही ठाउँमा त बाढी मानिसका घरको छानासम्म पुगेको छ,” बिकोलमा नागरिक रक्षा कार्यालयका प्रमुख क्लाउडियो यूकोटले बताए । आँधी आउनुअघि नै २२ हजारभन्दा बढी मानिस घर छाडेर अन्यत्र सुरक्षित स्थानमा गएका थिए । आँधीले धान र मकैबालीमा व्यापक क्षति गरेको छ भने केही सडक र पुल भत्किएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!