लन्डन । तमु धीं यूकेले आइतबार ३० अगस्टमा लन्डनको केम्पटन पार्क रेसकोर्समा आयोजना गर्न लागेको १७औँ नेपाली मेलाको तयारी लगभग सकिएको छ । मेलाको अघिल्लो दिन अर्थात् २९ अगस्टमा तमु धीं यूके, तमु धीं आमा समूहलगायतका वर्तमान तथा पूर्व पदाधिकारी, स्वयंसेवकहरू नेपाली मेलाको तयारीमा जुटेका छन्। उनीहरूले मेलास्थलमा स्टेज निर्माण, सजावट, आवश्यक संरचना तयार पार्ने तथा कार्यक्रम व्यवस्थापनका विभिन्न काममा सक्रियतापूर्वक योगदान दिएका छन् ।
मेलालाई भव्य र व्यवस्थित बनाउन आयोजक तथा स्वयंसेवकहरू बिहानैदेखि खटिएका छन् । नेपाली कला, संस्कृति, भेषभूषा र परम्परालाई बेलायतमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको नेपाली मेलाको तयारीमा महिला तथा पुरुष स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता देखिएको छ ।
यस वर्षको नेपाली मेलाबाट बचत हुने सम्पूर्ण रकम भोटेकोशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय तमु धीं यूकेले यसअघि नै गरिसकेको छ।
२९ अगस्टको तयारीका केही तस्बिरहरूमा नेपाली मेलालाई अन्तिम रूप दिन जुटेका तमु धीं यूके तथा तमु धीं आमा समूहका स्वयंसेवकहरूको उत्साह र सक्रियता ।























तस्बिर : मिनप्रसाद गुरुङ, पार्वती गुरुङ र डा. विशाल गुरुङको फेसबुक वालबाट






