बाढीपीडितका सहयोगका लागि स्विन्डनमा ‘नेपाली म्युजिकल नाइट २०२६’ हुने

SHARE:

बेलायत — नेपालमा हालै गएको बाढीपीडितहरूको सहयोगार्थ बेलायतको स्विन्डनस्थित ब्रोडग्रिन कम्युनिटी सेन्टरमा आगामी शुक्रबार, ४ सेप्टेम्बर २०२६ का दिन “नेपाली म्युजिकल नाइट २०२६” आयोजना हुने भएको छ। आयोजक समितिका सदस्य अनिता रानामगरले यस सांगीतिक कार्यक्रमबारे जानकारी दिनुभएको हो।

संगीतमय मनोरञ्जनका साथै सामाजिक उत्तरदायित्व र परोपकारी भावनासहित जोडिएको यस कार्यक्रममा नेपालका चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। जसमा ‘द भ्वाइस अफ नेपाल सिजन ७’ की विजेता निता थापा मगर र ‘द भ्वाइस अफ नेपाल सिजन ६’ का उपविजेता रोशन राईको सांगीतिक प्रस्तुति मुख्य आकर्षण रहनेछ।

साँझ ७:०० बजे सुरु हुने यस कार्यक्रमको प्रवेश शुल्क प्रतिव्यक्ति £२० तोकिएको छ भने दुई वटा टिकट एकैसाथ लिँदा £३० मात्र पर्नेछ। कार्यक्रम स्थलमा दर्शकहरूको सुविधाका लागि स्वादिला खाना तथा ड्राफ्ट बियर उचित मूल्यमा उपलब्ध हुनेछ।

कार्यक्रमबारे थप जानकारी लिन चाहनेहरूले निम्न संयोजकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ:
अनिता रानामगर: ०७४७२ ५१२३९५
झलम राई: ०७८४६ ६०१४९१
बिना राई: ०७५३३ ८५७३५८
भोला बिक्रम राई: ०७४७७ ९८६०७६

परदेशको भूमिमा रहेर मातृभूमिको दुःखमा मल्हम लगाउने र सांगीतिक मनोरञ्जन लिने यो सुवर्ण अवसरमा उपस्थित भई कार्यक्रमलाई भव्य रूपमा सफल बनाइदिनुहुन सम्पूर्ण बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा आयोजकले हार्दिक अनुरोध गरेका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!