बेलायत भ्रमणपछि नेपाल फर्किए ओम गुरुङ

SHARE:

पोखरा । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (BHDC) का प्रबन्ध निर्देशक ओम गुरुङ दुईमहिने बेलायत भ्रमण सम्पन्न गरी नेपाल फर्किएका छन् ।
लमजुङको क्व्होलासोंथार गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका गुरुङले आफ्नो बेलायत भ्रमणका क्रममा पसगाउँसिङ्दी परिवार यूके लगायत विभिन्न नेपाली संघ–संस्था, आफन्तजन तथा इष्टमित्रहरूसँग भेटघाट तथा आत्मीय अन्तरक्रिया गरेका थिए । उनलाई विभिन्न संघसंस्था तथा समुदायका कार्यक्रमहरूमा सम्मानसमेत गरिएको थियो।

भ्रमणका क्रममा गुरुङले बेलायतका विभिन्न रमणीय तथा ऐतिहासिक स्थलहरूको अवलोकन तथा भ्रमण गर्दै त्यहाँको प्राकृतिक सौन्दर्य, कला, संस्कृति र सामाजिक जीवनलाई समेत नजिकबाट नियाल्ने अवसर प्राप्त गरेका थिए ।

यसै क्रममा तमुधि यूकेको आयोजनामा सम्पन्न बेलायतको नेपाली समुदायको सबैभन्दा ठूलो तथा प्रतिष्ठित सांस्कृतिक कार्यक्रमका रूपमा स्थापित सत्रौँ नेपाली मेलामा उनले निर्णायकको भूमिका समेत निर्वाह गरेका थिए । नेपाली कला, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित उक्त मेलामा निर्णायकका रूपमा सहभागी हुन पाउनु आफ्नो लागि विशेष अनुभव रहेको उनले बताएका छन् ।

विभिन्न भेटघाट, सम्मान, सांस्कृतिक कार्यक्रम तथा रमणीय स्थलहरूको भ्रमणसँगै बेलायत यात्रा आफूलाई थप आत्मीय, अर्थपूर्ण र अविस्मरणीय बनेको गुरुङले बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!