तेस्रो ‘एनआरएनए कप २०२६’ को टिम ड्र लन्डनको ह्यारोमा सम्पन्न

SHARE:

लन्डन, १७ सेप्टेम्बर २०२६ — बहुप्रतीक्षित तेस्रो ‘एनआरएनए कप २०२६’ को आधिकारिक टिम ड्र  कार्यक्रम लन्डनको ह्यारोस्थित ‘गोल्डेन सिप रेस्टुरेन्टमा सफलतापूर्वक सम्पन्न भएको छ।

एनआरएनए युके युथ कमिटीको आयोजनामा भएको उक्त कार्यक्रमको अध्यक्षता एनआरएनए युकेका कार्यवाहक अध्यक्ष अनिल मल्ल (तीर्थबहादुर मल्ल) ले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि तथा एनआरएनए युकेका महासचिव जुरेन्द्र लिम्बूले औपचारिक उद्घाटन गर्दै सहभागी टोली, युथ कमिटीका पदाधिकारी तथा कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण महानुभावहरूलाई स्वागत गर्नुभयो।

युथ कमिटीका अध्यक्ष विशाल राई र सचिव निशान पन्धाकको नेतृत्व तथा समितिका सम्पूर्ण कार्यसमिति सदस्यहरूको सक्रिय सहभागितामा ड्र कार्यक्रम सञ्चालन गरिएको थियो। यस ड्रमार्फत प्रतियोगितामा सहभागी टोलीहरूको खेल तालिका तथा आवश्यक प्रारम्भिक व्यवस्थापनलाई अन्तिम रूप दिइएको छ। यससँगै प्रतियोगिताको मुख्य तयारीहरू तीव्र रूपमा अगाडि बढाइएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार ‘तेस्रो एनआरएनए कप २०२६’ केवल एक खेलकुद प्रतियोगिता मात्र नभई बेलायतमा रहेका नेपाली समुदायबीच एकता, मित्रता, युवा सहभागिता र आपसी सम्बन्धलाई अझ मजबुत बनाउने एक साझा मञ्च हो।

कार्यक्रमको डिजिटल प्रचारप्रसार तथा मिडिया प्रस्तुतिको जिम्मेवारी युथ कमिटीका डिजिटल क्रिएटर रविन भारतीले सम्हाल्नुभएको थियो। उहाँले कार्यक्रमका गतिविधिहरूलाई विभिन्न डिजिटल तथा सामाजिक सञ्जालमार्फत व्यापक रूपमा प्रस्तुत गर्नुभएको थियो।


SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!