लन्डन । चर्चित नेपाली डान्सर शिवदास गुरुङको यही अक्टोबर २३ मा बिदाइ कार्यक्रम हुने भएको छ ।
साङ्गीतिक कार्यक्रमका लागि करिब ४ महिनाअघि बेलायत आएका शिवदासको बिदाइमा ‘फेयरवेल अफ डान्सर शिवदास गुरुङ’ कार्यक्रम आयोजना हुन लागेको हो । कार्यक्रम साँझ ७ बजेदेखि बेलायतको अल्डरसटस्थित ठमेल दोहोरीमा हुने आयोजकले जनाएको छ।
नयाँ यात्रा, उही जोश र सधैँ नृत्य भन्ने नारासहित कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममा गुरुङको नृत्य प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रम रहने जनाइएको छ।
नृत्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका गुरुङको यो कार्यक्रमलाई उनका शुभेच्छुक तथा नेपाली समुदायमाझ विशेष कार्यक्रमका रूपमा हेरिएको छ। आयोजकले कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ ।






