लन्डन । बर्न्ट ओक नेपाली समाज यूकेले नेपालका बाढीपीडितका लागि १० हजार ७० पाउन्ड ५० पेन्स सहयोग गरैको छ ।
समाजले २५ अक्टोबर २०२६ का दिन आयोजित २४औं दशैँ–तिहार उत्सवमा समाजका अध्यक्ष खमिरजंग गुरुङले उक्त जानकारी दिएका हुन् । उनले भने,’समाजले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपहिरोका पीडितहरूका लागि सङ्कलन गरिएको १० हजार ७० पाउन्ड ५० पेन्स (नेरु २० लाखभन्दा बढी) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिसकिएको जानकारी गरउँदछु ।’
गत अगष्ट महिनामा नेपालमा गएको विपत्तिको खबरले संसारभरका नेपालीलाई दुःखी बनाएको उल्लेख गर्दै अध्यक्ष गुरुङले कोषमा योगदान पुर्याउने सम्पूर्ण दाताहरूलाई धन्यवाद व्यक्त गरे।






