लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवासी नेपाली सम्पर्क विभाग (यूके) ले बेलायतमा रहेका नेपालीलाई पार्टीसँग जोडिन आह्वान गर्दै सदस्यता अभियान अघि सारेको छ।
विभागले सदस्यता अभियानमार्फत बेलायतस्थित नेपाली समुदायको विचार, सुझाव र सहभागितालाई समेट्दै सुशासन, पारदर्शिता र समृद्ध नेपालको लक्ष्यमा सहकार्य गर्न आह्वान गरेको हो।
विभागले सार्वजनिक गरेको प्रचार सामग्रीमा राजनीतिमा नेपालीको आवाज, आदर्श र मूल्यमा आधारित राजनीति, बलियो समुदाय तथा समृद्ध नेपाललाई प्रमुख प्राथमिकताका रूपमा प्रस्तुत गरिएको छ। नागरिकका विचार र सुझावले पार्टीलाई थप बलियो बनाउने उल्लेख गर्दै सदस्य बन्न इच्छुकलाई अभियानमा सहभागी हुन आग्रह गरिएको छ।
अभियानअन्तर्गत सदस्यता लिन इच्छुकले onld.co.uk/register मा गएर वा क्यूआर कोड स्क्यान गरेर सदस्यता फाराम भर्न सक्ने व्यवस्था गरिएको छ।
विभागले विश्वभर छरिएका नेपालीलाई एउटै परिवारका रूपमा जोड्दै प्रवासी नेपालीको सहभागिताबाट सुशासन, न्यायपूर्ण समाज र स्वाभिमानी नेपाल निर्माण गर्ने लक्ष्य अघि सारेको जनाएको छ।






