बेलायतको अल्डरसटमा ‘पेन्सन पट्टा’ हाउसफुल, भूतपूर्व गोर्खाको कथाले दर्शकको मन जित्यो

SHARE:

अल्डरसट । भूतपूर्व गोर्खा सैनिकहरूको जीवनकथामा आधारित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ को दोस्रो प्रदर्शन बेलायतको अल्डरसटमा हाउसफुल भएको छ। २५ अक्टोबर २०२६ मा दिउँसो ४ बजेदेखि सुरु भएको प्रदर्शनमा दर्शकको खचाखच उपस्थिति रहेको थियो।

चलचित्रप्रति दर्शकले देखाएको उत्साहबाट उत्साहित निर्माता मीनप्रसाद गुरुङले दर्शक, शुभचिन्तक र सहयोगीहरूप्रति आभार व्यक्त गरेका छन्। उनले चलचित्रलाई माया र विश्वास गरेर साथ दिने सबैप्रति धन्यवाद दिँदै दर्शकको साथले आगामी दिनमा अझै अघि बढ्न हौसला र प्रेरणा मिलेको बताए। ‘यहाँहरूको माया र साथ नै हाम्रो सबैभन्दा ठूलो सफलता हो,’ उनले भने।

यसअघि बेलायतका क्याटरिक ग्यारिसन र मेडिस्टोनलगायत स्थानमा पनि ‘पेन्सन पट्टा’ को प्रदर्शन सफलतापूर्वक सम्पन्न भइसकेको छ। विभिन्न स्थानमा दर्शकको साथ पाउँदै आएको चलचित्रले अल्डरसटमा पनि उत्साहजनक उपस्थिति पाएको हो।

भूतपूर्व गोर्खा सैनिकहरूको जीवन, अनुभव र सामाजिक यथार्थलाई आधार बनाएर निर्माण गरिएको ‘पेन्सन पट्टा’ सामाजिक कथावस्तुमा आधारित चलचित्र हो। चलचित्रमा गौमाया गुरुङ र पशुपति राईलगायत कलाकारको अभिनय रहेको छ।

चलचित्रको निर्देशन माओत्से गुरुङले गरेका हुन् भने बेलायतका तर्फबाट मीनप्रसाद गुरुङ र भोज गुरुङ निर्माता छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!